अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

लुम्बिनी प्रदेश सभाको नवौं बैठक आज बस्दै

लुम्बिनी प्रदेश सभाको नवौं बैठक आज बस्दै


रूपन्देही-लुम्बिनी प्रदेश सभाको नवौं बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। प्रदेश सभा सचिवालयका अनुसार बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष २०८२/०८३ को प्रदेश विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने छन् ।

विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलले आगामी विकास योजनाहरू र बजेट वितरणको मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ । सरकारले पेश गरेको नीति तथा कार्यक्रम शनिबार बसेको बैठकले पास गरेको छ । यो सँगै सरकारलाई बजेट निर्माणको बाटो सहज भएको हो ।