अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

बागमती प्रदेशका वडा अध्यक्षहरूको भेलालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओली

बागमती प्रदेशका वडा अध्यक्षहरूको भेलालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओली


काठमाडौं-प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बागमती प्रदेशका निर्वाचित वडाअध्यक्षहरुको भेलालाई सम्बोधन गरिरहनु भएको छ।

ललितपुरको गोदावरीस्थित होटल भ्यू भृकुटीमा आयोजना गरिएको एमालेबाट निर्वाचित बागमतीका सबै वडाअध्यक्षहरुको भेलालाई सम्बोधन गर्नुभएको हो।

प्रधानमन्त्री ओलीले भेलाको उद्घाटन गर्नुभयो।

निर्वाचित जनप्रतिनिधिको सबैभन्दा तल्लो निकायका रुपमा वडाअध्यक्षहरुसँग एमाले र वर्तमान सरकारप्रति आम जनताको धारणा बुझ्ने र त्यसलाई सम्बोधन गर्न वडा तह देखि केन्द्रतहसम्म नै रणनीति बनाउने तयारी रहेको छ।

बागमती प्रदेश इन्चार्ज डा.राजन भट्टराईका अनुसार पार्टीको संगठन विस्तारका लागि जनताका अपेक्षाहरु संकलन गरेर त्यस अनुसार नीति तथा कार्यक्रम तय गर्नका लागि वडाअध्यक्षहरुको भेला बोलाइएको हो।

भेलामा बागमतीका १० वटा जिल्लाबाट एमालेबाट निर्वाचित ३५९ जना वडाअध्यक्षहरु सहभागी भएका छन्। भेला आज र भोलि सञ्चालन हुनेछ।