अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

युवा संघको महाधिवेशन: अध्यक्षमा थेबे र पुरीबीच प्रतिस्पर्धा

युवा संघको महाधिवेशन: अध्यक्षमा थेबे र पुरीबीच प्रतिस्पर्धा


पोखरा-नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको नयाँ नेतृत्व चयन गर्न निर्वाचनको तयारी गरिएको छ। निर्वाचनका लागि शनिबार नै प्रतिनिधिको नामावली प्रकाशित भइसकेका छन् भने मतदान गर्न ४६ वटा इलेक्ट्रिक भोटिङ मेसिन ल्याइएको छ।

युवा संघको अध्यक्षका लागि क्षितिज थेबे र सुमन पुरीबीच सहमति जुट्न सकेको छैन। पोखरामा जारी महाधिवेशनमा अध्यक्षका लागि थेबे र पुरी एकाअर्कालाई नेतृत्व छोड्न तयार नभएपछि प्रतिस्पर्धा हुने भएकाे छ।

अध्यक्षका दाबेदार महाराजा गुरुङ , कृष्णहरि केसी र प्रकाश गौतम भने ब्याक भइसकेका छन् । अहिले महाराजा थेबेकै टिमबाट वरिष्ठ उपाध्यक्ष हुने गरी सहमति जुटेको छ। त्यसैगरी, अध्यक्षका अर्का आंकाक्षी प्रकाश गौतम भने पुरी समूहबाट वरिष्ठ उपाध्यक्षको उम्मेदवार हुन खोजिरहेका छन्।

पोखरामा शुक्रबारदेखि जारी १०औं महाधिवेशनका क्रममा अध्यक्षका दुई दाबेदारमध्ये दुबैले दाबी नछाड्दा निर्वाचन तयारी गर्नुपरेको हाे। यद्यपि सर्वसम्मतको प्रयास पनि जारी राखिएको जनाएको छ।

अहिले प्रतिनिधिका विषयमा छलफल भइरहेको र छलफल सकिएपछि उम्मेदवारी दर्ताका प्रक्रिया सुरू हुने एक नेताले जानकारी दिनुभयो।

युवा संघको दसौं महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै आइतबार सक्ने कार्यतालिका छ। महाधिवेसनमा सहभागी हुन सबै पालिका, जिल्ला, प्रदेश गरी १ हजार ८३६ जना प्रतिनिधी पोखरामा छन्।