अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओलीको कटाक्ष: आफूले खाएको नतिर्ने, फिर्ता नगर्ने अनि भ्रष्टाचारविरुद्ध ठूला स्वर गर्नु- कति निर्लज्ज !

प्रधानमन्त्री ओलीको कटाक्ष: आफूले खाएको नतिर्ने, फिर्ता नगर्ने अनि भ्रष्टाचारविरुद्ध ठूला स्वर गर्नु- कति निर्लज्ज !


काठमाडौं-प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सहकारी काण्डका लुटेराहरू र ठगहरू नै अहिले आफैंलाई निर्दोष देखाउँदै न्याय दिने भाषण गरिरहेको बताउनु भएको छ।

आइतबार आयोजित एमाले बागमती प्रदेशका वडाध्यक्षहरूको भेलामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘उनीहरू उल्टै सहकारी पीडितलाई न्याय दिन्छौं भनेर वेसरम कुरा गर्छन्। नारा लगाउने, आफूले खाएको नतिर्ने, फिर्ता नगर्ने अनि भ्रष्टाचारविरुद्ध ठूला स्वर गर्नु- कति निर्लज्ज !’

प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि पनि कटाक्ष गर्नुभयो। ‘प्रचण्डको स्वर हेर्नुस् त, भ्रष्टाचारविरुद्ध बुरुक बुरुक गर्छन्, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘भ्रष्टहरूले नै भ्रष्टाचारविरुद्ध भाषण गर्ने अवस्था छ अहिले।’

प्रधानमन्त्री ओलीले नेकपा माओवादीले एमालेको सिको गर्दै मेची–महाकाली अभियान थाले पनि त्यो अभियानले जनसागर उर्लन नसकेको दाबी गर्नुभयो। प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘एमालेको अभियानमा जनसागर उर्लिए पनि माओवादीको कार्यक्रममा त्यो देखिँदैन।’

प्रधानमन्त्री ओलीले अलिअलि मान्छे आउँदा फेरि २०६४ को जस्तो माओवादीमय देश हुने भन्ने प्रचण्डलाई लागेपनि त्यो सम्भव नहुने बताउनु भयो।