काठमाडौं-नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो।
बैठकमा आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा पार्टीले अघि सारेका कार्यक्रम र बजेट समेट्ने विषयमा छलफल हुने पार्टी केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले जानकारी दिनुभयो।

बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले देशको समग्र राजनीतिक र सरकारका कामका बारेमा जानकारी गराउनुहुने कार्यालय सचिव डा.भिष्म अधिकारीले बताउनुभयो। यसैगरी उपाध्यक्ष तथा उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट निर्माणका आधार र पार्टीले अघि सारेका कार्यक्रममा बजेटले समेट्न सक्ने विषयका बारेमा जानकारी गराउने कार्यक्रम छ।
पार्टीको आगामी भदौ २० देखि २२ गतेसम्म हुने दोस्रो विधान महाधिवेशनको तयारीका बारेमा छलफल गर्ने कायसूची छ रहेको जनाएको छ। विधान महाधिवेशनमा समेट्नु पर्ने नयाँ विषय,यसको तयारीका लागि विभिन्न उपसमिती बनाएर नेताहरुलाई जिम्मेवारी दिने पनि तयारी रहेको पनि जनाएको छ।
प्रतिक्रिया