पोखरा-नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा सङ्घ नेपालको दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत मनोनयन सुरु भएको छ। युवा संघको अध्यक्षका लागि क्षितिज थेबे र सुमन पुरीबीच सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रिया अघि बढेको हो।
निर्वाचन समितिले भर्खरै सार्वजनिक गरेको तालिकाअनुसार अपरान्ह ४ देखि साँझ ६ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । मतदाता नामावली प्रकाशन भैसकेको छ। १ हजार ७ सय ५१ जनाको नाम अन्तिम मतदाता नामावलीमा प्रकाशन भएको छ। पर्वत, मोरङ लगायत जिल्लाको प्रतिनिधि छनोट विवाद टुङ्गिएर नामावली प्रकाशन गरिएको हो।

प्रतिक्रिया