अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रेस चौतारीका पदाधिकारीलाई प्रधानमन्त्रीको निर्देशन : गणतन्त्र दिवशको प्रचार व्यापक रुपमा गर्नुहोस

प्रेस चौतारीका पदाधिकारीलाई प्रधानमन्त्रीको निर्देशन : गणतन्त्र दिवशको प्रचार व्यापक रुपमा गर्नुहोस


काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवश भव्य रुपमा मनाउनु पर्ने बताउनुभएको छ । उहाँले गणतन्त्र दिवश र यसको तयारीका लागि व्यापक रुपमा प्रचारप्रसार गर्न चौतारीलाई निर्देशन समेत दिनुभएको छ । विभिन्न प्रचार सामग्रीको उत्पादन,समाचार,लेख,बिचार र सामाजिक सञ्जाल मार्फत यस दिवशको महत्व आम जनताले समेत बुझ्ने गरी प्रचार गर्न उहाँले निर्देशन दिनुभएको हो ।

प्रेस चौतारी नेपालका पदाधिकारी र सचिवालय सदस्यसँग आज प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेकपा (एमाले)का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले जनताको सङ्घर्षको प्रतिफलका रुपमा प्राप्त गणतन्त्र दिवसलाई सरकारीस्तरका साथै जनस्तरबाट पनि मनाउन जोड दिनुभएको हो। नेपाल सरकारले यही जेठ १५ गतेको गणतन्त्र दिवस मनाउन प्रधानमन्त्री ओलीको अध्यक्षताका मूल आयोजक समिति गठन गरेको छ।

‘गणतन्त्र दिवस, जनताको दिवस हो । यसलाई जातजातिगत विविध बाजागाजा र झाँकीसहित हरेक ठाउँबाट उत्सवका रुपमा मनाउनुुपर्छ ।’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘जनताले लडेर ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका पक्षमा हामी छौँ र यसका लागि सञ्चार क्षेत्रबाट जनताका बीचमा सही सूचना दिएर प्रचारप्रसार गरिनुपर्दछ ।’

आजै सम्पन्न एमालेको सचिवालयको बैठकले यही गणतन्त्र दिवसलाई सांस्कृतिक झाँकीसहित मनाउने निर्णय गरेको थियो। सो निर्णयको कार्यान्वयनका क्रममा प्रेस चौतारी नेपालले सञ्चारमाध्यम र डिजिटल मिडियामा समेत प्रचारप्रसारको अगुवाइ गर्नुुपर्नेमा प्रधानमन्त्री ओलीको जोड दिनुभयो।

प्रधानमन्त्री ओलीले आफूूलाई देशभक्तहरु प्यारो लाग्ने र देशद्रोही तथा प्रतिक्रियावादीहरु मन नपर्ने स्पष्ट गर्दै जस्तो सुकै प्रतिकूल अवस्थामा पनि सत्य र परिवर्तनका पक्षमा सम्झौता नगर्न आग्रह गर्नुभयो।

प्रमथ महिला राधिका शाक्यसमेत सहभागी भेटमा प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेले आफूहरु नेतृत्वमा आएपछि वर्ष २०८२ लाई प्रशिक्षण वर्षका रुपमा मनाउने लगायतको योजनाहरु प्रस्तुत गर्नुभएको थियो ।