अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

च्यासलमा एमाले जनसंगठनको बैठक 

च्यासलमा एमाले जनसंगठनको बैठक 


काठमाडौँ-नेकपा एमाले जनसंगठनका पदाधिकारीको बैठक सुरु भएको छ। एमाले जनसंगठन संयन्त्रको आयोजनामा पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा जेठ १५गते एमालेले आयोजना गर्ने जनप्रदर्शनको तयारीमा केन्द्रित रहेको छ।

 महासचिव शंकर पोखरेलको उपस्थितिमा बसेको बैठकमा नेताहरू एमाले उपमहासचिव विष्णु रिमाल, सचिवहरू योगेश भट्टराई,लेखराज भट्ट,पद्मा अर्याल,गोकर्ण विष्ट लगायत सहभागी हुनुहुन्छ।

बैठक जेठ १५ गते एमालेले आयोजना गर्ने जनप्रदर्शनको तयारीमा केन्द्रित रहेको छ। नेकपा एमालेको सचिवालय बैठकले जेठ १५ गते राजवादीको आन्दोलनको प्रतिवाद गर्ने र ७ दशक लामो बलिदानी संघर्षको बलबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिन जेठ १५ गतेलाई विशेष उत्सवका रूपमा मनाउन जनसमुदायलाई आह्वान गर्ने निर्णय गरेको छ। २०६५ जेठ १५ गते पहिलो संविधानसभाको बैठकले गणतन्त्र घोषणा भएको हो। २०६२/६३ को जनआन्दोलनपछि २४० वर्ष लामो राजतन्त्र अन्त्य गणतन्त्र आएको हो। गणतन्त्र आएको १७ वर्ष भएको छ।

 राजसंस्था पुनर्स्थापनाको आन्दोलनमा राप्रपा, राप्रपा नेपाललगायत राजावादी, पुनर्रुत्थानवादीहरूको पनि साथ रहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले राजावादीहरूको आन्दोलन रोक्न निर्देशन दिइसकेका छन् ।सोही अनुसार सोमबारको बैठकबाट राजावदीको आन्दोलन निष्क्रिय पार्ने रणनीति तय गर्ने बताइएको छ ।