अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

कार्यपालिका बैठक बोलाउन मेयर बालेनलाई उपमेयर डंगोलको नेतृत्वमा सदस्यको पत्र

कार्यपालिका बैठक बोलाउन मेयर बालेनलाई उपमेयर डंगोलको नेतृत्वमा सदस्यको पत्र


 काठमाडौं-काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको नेतृत्वमा कार्यपालिका सदस्यहरूले बैठकको माग गरेका छन् ।

सोमबार उपमेयर डंगोलको नेतृत्वमा ४० जना कार्यपालिका सदस्यहरूले कार्यपालिका बैठक ७ दिनभित्र राख्न माग गर्दै मेयर बालेन शाहलाई पत्र बुझाएका हुन्।

कार्यपालिकाका सदस्यहरूले जतिसक्दो छिटो बैठक राख्न माग गरेका छन्।

महानगरपालिकाको कार्यपालिका बैठक गत पुस महिनायता बस्न सकेको छैन। स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७ को उपदफा १ ‘कार्यपालिकाको बैठक कम्तीमा महिनाको एक पटक बस्नेछ’ भन्ने व्यवस्था छ।

यसअघि चैत १० गते १८ जना वडाध्यक्ष र ५ जना कार्यपालिका सदसयहरूले संयुक्त हस्ताक्षर गर्दै कार्यपालिका बैठक माग गरेका थिए। तर अहिलेसम्म पनि मेयर बालेन शाहले कार्यपालिका बैठक डाकेका छैनन्।