अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

युवा संघको नयाँ नेतृत्व चयनका लागि मतदान जारी

युवा संघको नयाँ नेतृत्व चयनका लागि मतदान जारी


पोखरा-नेकपा एमाले निकट युवा संघको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ। आज बिहान साढे १० बजेदेखि सुरू भएको हो । विद्युतीय मतदानमा शान्तिपूर्वक युवाहरू सहभागी भएका छन्।

अध्यक्ष पदमा क्षितिज थेबे र सुमन पुरी प्रतिस्पर्धामा छन्। थेबे निवर्तमान अध्यक्ष हुन् भने पुरी निवर्तमान महासचिव हुन् । उहाँहरु प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन्।

मतदान सकेर आजै मतगणना गर्ने निर्वाचन कमिटीले जनाएको छ। पोखरा सभागृहमा शुक्रबारदेखि नेपालको १०औँ महाधिवेशन जारी छ।

एमाले अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्नुभएको थियो।