काठमाडौं-नेकपा (एमाले) महासचिव शंकर पाेखरेलले विद्यालय शिक्षामै गणतन्त्रबारे पढाउनुपर्ने बताउनु भएको छ। पार्टीका सबै विभागका सबै सदस्यहरूको विस्तारित भेला/बैठकलाई सम्वाेधन गर्दै महासचिव पाेखरेलले यस्तो बताउनु भएको हाे।
महासचिव पाेखरेलले गणतन्त्र प्राप्तिपछि केही पनि भएको छैन भन्ने भ्रम चिर्नलाई पनि गणतन्त्र प्राप्तिपछि सामाजिक, सास्कृतिक, आर्थिक, विकास निर्माण, शैक्षिकलगायतका क्षेत्रमा भएका उपलब्धिबारे जानकारी गराउन र नयाँ पुस्तालाई सूसुचित गराउन पनि विद्यालय शिक्षामा गणतन्त्र र यस्काे उपलब्धिबारे पढाउनुपर्नेमा उहाँकाे जाेड थियाे।
गणतन्त्रपछि जन्मिएका बच्चाहरूले बलिदानीपूर्ण सङ्घर्षबाट लाेकतन्त्र-गणतन्त्र स्थापना भएको हाे भन्ने जानकारी दिनका लागि पनि विद्यालय शिक्षामै लाेकतन्त्र र गणतन्त्रबारे पढाउनु पर्ने पनि उहाँले उल्लेख गर्नुभयाे।
उहाँले त्यहाँ सम्बाेधन गर्दै संविधान संशोधन गरेर भए पनि नागरिकस्तरमै उत्सवका रुपमा लाेकतन्त्र-गणतन्त्र दिवस मनाउनु पर्नेमा पनि जाेड दिनुभयाे । याे पटक एमालेले गणतन्त्र दिवसलाई जेठ १५ मा जनताको उत्सवको दिनका रुपमा मनाउने तयारी गरेकाे पनि उहाँले उल्लेख गर्नुभयाे ।
महासचिव पाेखरेलले लोकतान्त्रिक गणतन्त्रका विरुद्धमा हुने सबै गतिविधिहरु जनताको सम्प्रभुताका विरुद्धका अर्थात जनताका विरुद्धका गतिविधिहरु हुन् भन्ने कुरामा आम जनतालाई सचेत र जागरुक बनाउने अभियानमाका रुपमा पनि जेठ १५ लाई उत्सवका रुपमा मनाउन लागेकाे उल्लेख गर्नुभयाे ।
जेठ १५ मा मनाउने उत्सव कसैकाे विराेधमा लक्षित नभएको भन्दै उहाँले गणतन्त्र नेपाली जनताकाे भन्दै सबै भन्दा ठूलो उत्सव भएकाले जनताको विजयका रुपमा मनाउन लागेकाे जानकारी दिनुभयाे।
उहाँले जनताकाे बलिदानी सङ्घर्षबाट प्राप्त लाेकतन्त्र, गणतन्त्र जाेगाउन पनि जनताले याे दिन हाम्रो दिन हाे भन्ने अनुभुति दिलाउनका लागि पनि एमालेले उत्सवका रुपमा झाँकीसहित मनाउन लागेकाे जानकारी दिनुभयाे।
लाेकतन्त्रले के दियाे ? भनेर राजावादीहरुले चलाएका हल्लाले पनि समस्या भएको छ भन्दै त्यस्लाई चिर्नुपर्ने उहाँको भनाइ थियाे।
लाेकतन्त्र जनताकाे शासन हाे भन्ने स्थापित गर्ने एमाले सबैभन्दा अग्रपङ्तिमा रहेकाे उहाँको भनाइ थियाे । राष्ट्रिय स्वाधीनता र रक्षाका लागि सबैभन्दा बढी खटिरहेकाे र सबैभन्दा बलियाे शक्ति पनि एमाले नै भएका कारण अहिले सबै भन्दा बढी प्रहार एमालेमाथि भ्रमपूर्ण र नियाेजित ढङ्गले भैरहेकाे उहाँले दाबी गर्नुभयाे । उहाँले एमालेकाे उज्यालो भविष्यमाथि भैरहेकाे प्रहारलाई सामना गर्नुपर्नेमा पनि जाेड दिनुभयाे ।
प्रतिक्रिया