अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

युवा संघको अध्यक्ष क्षितिज थेबे निर्वाचित

युवा संघको अध्यक्ष क्षितिज थेबे निर्वाचित


पोखरा-नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको १० औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा क्षितिज थेवे निर्वाचित हुनुभएको छ। भर्खरै सम्पन्न मतगणना परिणाम अनुसार बर्तमान अध्यक्ष थेवे प्रतिस्पर्धामा रहनुभएका बर्तमान महासचिव सुमन पुरीलाई १ सय ९८ मतको अन्तरले पराजीत गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो।

निर्वाचनमा १४ सय ४ मत खसेको थियो। जसमध्ये थेवेले ७ सय ९६ मत पप्त गरी जीत निकाल्नु भयो भने पुरीले ६ सय ८ मत पप्त गरी उपबिजेतामा चित्त बुझाउनु पर्यो।

पोखरा सभागृहमा आज सकिएको मतदानमा १ हजार ७६४ प्रतिनिधिमध्ये १ हजार ४ सय ४ जना मतदानमा सहभागी भएका थिए । 

थेवे प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाहले उम्मेदवारी दिएका छन्। पुरी प्यानलबाट प्रकाश गौतम र पर्वत भण्डारी उपाध्यक्षको उम्मेदवार बनेका थिए। 

महासचिवमा थेवे प्यानलबाट महेश चौलागाईं र पुरी प्यानलबाट कुबेर अधिकारीले उम्मेदवारी दिएका थिए। ६४ पद निर्विरोध हुँदा ९ पदाधिकारीसहित ९३ पदमा निर्वाचन भएको हो।