अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

किशोरीलाई बलात्कार गरेको आरोपमा २ युवक पक्राउ

किशोरीलाई बलात्कार गरेको आरोपमा २ युवक पक्राउ


पर्सा-बलात्कारको अभियोगमा पर्साका दुई जना पक्राउ परेका छन्। जगरनाथपुर गाउँपालिका-६ सङ्ठीका २३ वर्षीय विशाल यादवलाई किशोरी बलात्कारको अभियोगमा पक्राउ गरिएको हो।

पर्सा प्रहरीका सूचना अधिकारी किशोर लम्सालका अनुसार भारतीय नागरिक मनिष पासवानलाई पनि यस्तै अभियोगमा सोमबार पक्राउ गरिएको छ । अभियुक्त पासवानले किशोरीलाई प्रलोभनमा पारेर भारतमा लगी पटकपटक करणी गरेका थिए।

पीडितका तर्फबाट प्राप्त जाहेरीका आधारमा अभियोग लागेका यादव र पासवानलाई करणीसम्बन्धी कसुरमा जिल्ला अदालतबाट थुनामा राख्ने अनुमति लिएर अनुसन्धान भइरहेको सूचना अधिकारी लम्सालले जानकारी दिनुभयो।