विराटनगर – विराटनगरमा दुर्लभ मानिने मोनोस्लेड कोब्रा सर्प फेला परेको छ । विराटनगर महानगरपालिका-४ नोबेल अस्पताल पछाडि डाक्टर सुनील शर्माको घरमा दुर्लभ मानिने सर्प फेला परेको हो ।
घटना जेठ १० गतेको हो । घरका सदस्यले सर्प देखेपछि विराटनगर महानगरलाई खबर गरेका थिए । सर्प उद्धारका क्रममा महानगरका उद्धारकर्ता हबल्दार शम्भु घिमिरे घाइते भएका थिए । यो सर्पले जोखिम महसुस गरे परैबाट विष फाल्ने गर्छ । सर्पले परैबाट विष फाल्दा अनुहारमा लागेर उनी सामान्य घाइते भएका हुन् ।
घिमिरेले डिभिजन वन कार्यालय मोरङमार्फत जंगलमा लगेर सर्प छाड्ने गर्छन् । शर्माको घरबाट उद्धार गरेर ल्याएको सर्पलाई केजमा राख्न खोज्दा सर्पले फालेको विष उनको अनुहारमा लागेको थियो । त्यसपछि अस्पताल भर्ना भएका उनी २८ घण्टापछि घर फर्किएका थिए ।
प्रतिक्रिया