अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सदनको अवरोध खुलाउन सभामुखले सचेतकहरूसँग छलफल गर्नुहुने

सदनको अवरोध खुलाउन सभामुखले सचेतकहरूसँग छलफल गर्नुहुने


काठमाडौँ-भिजिट भिसा र अध्यागमनबाट हुने मानव तस्करी प्रकरणलाई लिएर विपक्षी दलले गरेको सदन अवरोध खुलाउन सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाउनु भएको छ। 

प्रतिनिधि सभाको ११ बजे बस्ने बैठकअघि सभामुखले सचेतकहरूलाई छलफलका लागि संसद् भवन बानेश्वरमा बोलाउनु भएको हो।  

मंगलबार प्रतिनिधि सभाको बैठक सुरु हुनेवित्तिकै विपक्षी दलका सांसदहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरणको सत्य तथ्य पत्ता लगाउन उच्चस्तरीय छानबिन आयोग गठन नगरेसम्म सदन चल्न नदिने बताएका थिए । त्यसपछि अवरुद्ध बैठक साढे २ बजेलाई राखिए पनि दलहरूबिच सहमति हुन नसक्दा आज बुधबार ११ बजे बस्नेगरी सूचना टाँसेर स्थगित भएको थियो ।