अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

गृहमन्त्रीलाई लिएर काँग्रेस सभापति देउवा बालुवाटारमा

गृहमन्त्रीलाई लिएर काँग्रेस सभापति देउवा बालुवाटारमा


काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहमन्त्री रमेश लेखकलाई साथमा लिएर प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुग्नु भएको छ।

अहिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग देउवा र गृहमन्त्री लेखकको छलफल चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गृहमन्त्री लेखकको राजीनामाको माग राखी विपक्षी दलहरूले संसद अवरोध गरिरहेका बेला सत्तापक्षका नेताहरू बिहानै छलफलमा जुटेका हुन्। विपक्षीको अवरोधकै कारण हिजो अर्थमन्त्रीले आर्थिक सर्वेक्षणसमेत संसदमा प्रस्तुत गर्न सक्नु भएन । भोलि संघीय संसदको संयुक्त सदनमा बजेट प्रस्तुत गर्नुपर्नेछ।

गृहमन्त्री लेखकका निकस्थ उच्च अधिकारीहरू भिजिट भिसा प्रकरणमा अनुसन्धानमा तानिएपछि त्यसमा नैतिकताका आधारमा उनले राजीनामा दिनुपर्ने र स्वतन्त्र छानबिनका लागि सघाउनुपर्ने माग विपक्षी दलहरूको छ।
नेपाली कांग्रेसले भने मातहत कर्मचारी अनुसन्धानमा तानिँदैमा मन्त्रीले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको छ।