काठमाडौँ-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहमन्त्री रमेश लेखकलाई लिएर प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको छ। संसदमा विपक्षीले गृहमन्त्री लेखकको राजीनामा नआएसम्म सदन चल्न नदिने अडान राखेका बेला मन्त्री लेखक र सभापति देउवा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्न बालुवाटार पुग्नुभएको हो।
अहिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग देउवा र गृहमन्त्री लेखकको छलफल चलिरहेको बालुवाटार निकट स्रोतले जनाएको छ।
हिजो विपक्षी दलहरूले लेखकले राजीनामा नदिँदासम्म संसद चल्न नदिने अडान लिएका थिए । विपक्षीको अवरोधकै कारण हिजो अर्थमन्त्रीले आर्थिक सर्वेक्षणसमेत संसदमा प्रस्तुत गर्न सकेनन्। भोलि संघीय संसदको संयुक्त सदनमा बजेट प्रस्तुत गर्नुपर्नेछ।
प्रतिक्रिया