काठमाडौं – गणतन्त्र दिवसका अवसरमा नेकपा एमालेले भोली मनाउन लागेको गणतन्त्र महाउत्सवको कार्यक्रम गर्नका लागि एमालेले भृकुटी मण्डप क्षेत्रमा अनुमति लिएको छ ।
एमाले केन्द्रीय कार्यलय सचिव डा.भिष्म अधिकारीका अनुसार शहिद गेट, सुन्धारा, भृकुटीमण्डप, रत्नपार्क लगायतका क्षेत्रमा पार्टीले तय गरेका कार्यक्रमहरु गर्नका लागि जिल्ला प्रशसन कार्यलय काठमाडैंबाट अनुमति लिइएको छ ।
एमालेले भोली जेठ १५ गते गणतन्त्र दिवशका अवसरमा झाँकी सहित जनप्रदर्शन गर्ने तयारी गरेको छ ।
एमालेले भोली ११ बजेबाट भृकुटी मण्डपमा भेला भएर गणतन्त्रका पक्षमा महाउत्सवको तयारी गरेको छ । यसका लागि पार्टी,जनसंगठन विभागहरु सबैलाई परिचालन गरेको छ ।
प्रतिक्रिया