अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्डलाई प्रधानमन्त्री ओलीको फोन-के भयो कुराकानी ?

प्रचण्डलाई प्रधानमन्त्री ओलीको फोन-के भयो कुराकानी ?


काठमाडौं-प्रधानमन्त्री केपी ओली र प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच फोन वार्ता भएको छ।

प्रधानमन्त्री ओलीले संसद्को अवरोध हटाएर गृहमन्त्री रमेश लेखकलाई बोल्न दिन प्रमुख प्रतिपक्ष दलका नेता प्रचण्डलाई आग्रह गर्नुभएको छ।

तर, प्रचण्डले आफूहरू (विपक्षी दल) अडानप्रति स्पष्ट रहेको भन्दै गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म सदन चल्न नदिने जवाफ फर्काएको सांसद माधव सापकोटाले बताउनुभयो। ‘संसद्को अवरोध हटाएर गृहमन्त्रीलाई बोल्न दिन प्रधानमन्त्री केपी ओलीले अध्यक्ष प्रचण्डलाई फोन गर्नुभएको थियो । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद्को अवरोध यथावत् रहने कुरा अध्यक्षले भन्नुभयो।’