अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित

विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित


काठमाडौं-विपक्षी दलहरूले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ।

विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै अवरोध गरेपछि प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित गरिएको हो।

विपक्षी दलका नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री लेखकको राजीनामा माग गर्दै आज पनि प्रतिनिधिसभा बैठक अवरोध गरेका थिए। यसअघि हिजो मंगलबारको बैठकमा पनि विपक्षीले अवरोध गरेका थिए।

 सभामुख देवराज घिमिरेले बैठक सञ्चालनको वातावरण बनाउन हिजो र आज प्रमुख सचेतकसँग छलफल गर्नुभएको थियो।

बैठकमा सभामुखले दलीय आधारमा बोल्न दिने प्रस्ताव गरेका थिए। तर विपक्षीले उक्त प्रस्ताव अस्वीकार गरे र उठिरहे। सभामुख घिमिरेले आजको बैठकको सुरु भएको जानकारी गराएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाए।‍