अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एमाले गण्डकीद्वारा युवा सङ्घका नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई सम्मान

नेकपा एमाले गण्डकीद्वारा युवा सङ्घका नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई सम्मान


पोखरा-नेकपा एमाले गण्डकीले युवा सङ्घ नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई बुधवार सम्मान गरेको छ।

एमाले गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले देशमा आशा र विश्वास र सम्भावनाका स्रोत युवा भएको हुँदा नयाँ कार्यसमितिले प्रतिस्पर्धी सबैको भावनाअनुरूप कार्य योजना सहित काम गर्न आग्रह गर्नुभयो। 

शर्माले देश र पार्टी निर्माणका लागि सशक्त युवा चाहिने हुँदा युवाहरूमा आशाको सञ्चार हुने गरी काम गर्न आग्रह गर्नुभयो । नव निर्वाचित अध्यक्ष क्षितिज थेबेले पार्टीको कार्यदिशा मुताबिक सुखी नेपाली समृद्ध नेपाल निर्माणको अभिभारा पूरा गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नव निर्वाचित समितिलाई सो पार्टीका प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा, सल्लाहकार परिषद् अध्यक्ष मोहन रेग्मी,उपाध्यक्ष मीन प्रसाद गुरुङ ,सचिव धनञ्जय दवाडी ,उप सचिव दाम बहादुर बिक सहितले बुधवार एक विशेष कार्यक्रमका बीच सम्मान गरेका हुन्।

अध्यक्ष नवराज शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको कार्यालय सचिब आर के पोख्रेलले जानकारी दिनुभयो।