अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

राष्ट्रियसभा बैठक: स्थानीय तहको संख्या घटाएर ५५३ बनाउन सुझाव

राष्ट्रियसभा बैठक: स्थानीय तहको संख्या घटाएर ५५३ बनाउन सुझाव


काठमाडौं-सांसद रुक्मिणी कोइरालाले राज्यको खर्च कटौती गर्दै मितव्ययी बन्नका लागि हाल कायम रहेको स्थानीयको सङ्ख्या घटाउन माग गर्नुभएको छ। राष्ट्रियसभाको आजको बैठकमा उहाँले मौजुदा ७५३ बाट घटाएर ५५३ वटा स्थानीय तह कायम गर्न सुझाव दिनुभयो।

बैठकमा कोइरालाले संविधानमा व्यवस्था भएका मौलिक हकको कार्यान्वयन गर्नुपर्नेमा पनि जोड दिनुभयो। उहाँले समतामूलक समाज निर्माणका मौलिक हकको प्रत्याभूत गर्नुपर्ने बताउनुभयो।

‘संविधानको १६ देखि ४७ धारासम्म मौलिक हकको व्यवस्था गरेको छ। तर ती मौलिक हकको कार्यान्वयनको अवस्था कस्तो रहेको छ रु भन्ने विषयमा छलफल गर्न आवश्यक रहेको छ’, कोइरालाले  भन्नुभयो, ‘ती मौलिक हकको कार्यान्वयनका लागि बनेका विभिन्न ऐनहरू छन्। तर ती ऐनहरूको प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ। मौलिक हक कार्यान्वयनका लागि बनेका यी ऐन र नियमवालीको विषयमा अध्यायन गर्न आवश्यक छ।’