अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

स्थगित प्रतिनिधिसभा बैठक साढे ३ बजेलाई सारियो

स्थगित प्रतिनिधिसभा बैठक साढे ३ बजेलाई सारियो


काठमाडौं-विपक्षीहरूको अवरोधका कारण स्थगित भएको आजको प्रतिनिधिसभाको बैठक दिउँसो ३:३० बजे बस्ने भएको छ। सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सभाको बैठक आजै दिनको ३:३० बजे बस्ने गरी निर्धारण गरेको संसद् सचिवालय सूचना टाँस गरेर जानकारी दिएको छ। 

गृहमन्त्रीको राजीनामा माग्दै विपक्षीले सदन अवरुद्ध गरेपछि सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गर्नुभएको थियो । गृहमन्त्री रमेश लेखकले सदनमा बोल्ने तयारी गरेका छन्। तर, विपक्षी दल बोल्न नदिने अडानमा छन् ।