अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

गणतन्त्र दिवस मुकुट होइन,मुलुकको हितले स्थान पाएको दिन : प्रधानमन्त्री ओली

गणतन्त्र दिवस मुकुट होइन,मुलुकको हितले स्थान पाएको दिन : प्रधानमन्त्री ओली



काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवश मुकुटको होइन,मुलुकको हितले स्थान पाएको दिन बताउनुभएको छ ।
गणतन्त्र दिवश २०८२ का अवसरमा सामाजिक सञ्जाल मार्फत शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसलाई सिंहासनको अभिमान तोडेर नागरिकको स्वभाविमान स्थापना भएको दिनको रुपमा रहेको पनि उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री ओलीले जनताको सात दशक लामो बलिदानीपूर्ण संघर्षले विजय प्राप्त गरेर गणतन्त्र आर्जन गरेको दिनको रुपमा गणतन्त्र दिवशलाई लिइनु पर्ने उल्लेख गर्नुभएको छ ।
गणतन्त्र दिवशको स्वदेश तथा विदेशमा बसोबास गर्ने सम्पूर्ण नेपालीहरुलाई शुभकामना दिंदै प्रधानमन्त्री ओलीले शाही दमन चिरेर जनताले इतिहास लेखिेको दिनको रुपमा आजको दिनलाई स्मरण गर्नुपर्ने पनि उल्लेख गर्नुभएको छ ।
सामाजिक सञ्जालमा प्रधानमन्त्रीलले लेख्नु भएको छ शाही दमन चिरेर जनताले इतिहास लेखेको दिन हो आज । मुकुटको होइन मुलुककको हितले स्थान पाएको दिन,सिंहासनको अभिामना तोडेर नागरिकको स्वाभिमान स्थापित भएको दिन,जनताको सात दशक लामो बलिदानीपूर्ण संघर्षले विजय प्राप्त गरेर गणतन्त्र आजर्न गरेको दिन ।
गणतन्त्र दिवसको गरिमामय अवसरमा स्वेदश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक शुभकामना ।