अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले नेता लालबाबु पण्डितलाई पत्नी शोक

एमाले नेता लालबाबु पण्डितलाई पत्नी शोक


काठमाडौँ-नेकपा एमालेका नेता तथा पूर्व मन्त्री लालबालु पण्डितकी श्रीमती विमला महत पण्डितको निधन भएको छ। उहाँकी पत्नी  विमला महतको गएराति १२ः४५ बजे ६० वर्षको उमेरमा निधन भएको नेता पण्डितले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ।

 विमला डेढ वर्षदेखि माया साइटिस भन्ने रोगबाट ग्रसित हुनुहुन्थ्यो ।

लालबाबु पण्डित र विमलाको अन्तरजातीय विवाह भएको हो। लालबाबु र विमलाका बिचमा विवाह हुँदा विमला ललितपुरको सैँवु गाविस वडा नम्बर ४ को वडाध्यक्ष हुनुहुन्थ्यो ।