अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

नेकपा एमालेले आज भृकुटी मण्डपमा गणतन्त्र उत्सव मनाउदै,ठाउँ ठाउँबाट र्याली निकालिदै

नेकपा एमालेले आज भृकुटी मण्डपमा गणतन्त्र उत्सव मनाउदै,ठाउँ ठाउँबाट र्याली निकालिदै


काठमाडौं – नेकपा एमालेले गणतन्त्र दिवसलाई आज उत्सवको रुपमा मनाउन लागेको छ । यो दिवसलाई आज गौरव, गरिमा र एकताको उत्सवका रूपमा मनाउँदैछ। गत आइतबार बसेको सचिवालय बैठकले गणतन्त्र दिवसको दिन आज साँस्कृतिक झाँकीसहित देशभर उत्सव मनाउने निर्णय गरेको थियो ।
एमालेले गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउन काठमाडौं उपत्यकाका जनतालाई भृकुटीमण्डपमा उतार्दैछ भने जिल्ला जिल्लामा पनि विशेष कार्यक्रम गर्दैछ। एमालेले भृकुटीमण्डपमा बिहान ११ बजेदेखि २ बजेसम्म कार्यक्रम गर्न लागेको हो।
२०६५ साल जेठ १५ गते संविधानसभाको बैठकले २४० वर्ष लामो राजतन्त्रलाई अन्त्य गरेर गणतन्त्रको स्थापना गरेको हो।
महासचिव पोखरेलका अनुसार सात दशक लामो बलिदानी संघर्षको बलबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको ऐतिहासिक दिन जेठ १५ गतेलाई विशेष उत्सवका रूपमा मनाउन एमालेले जनसमुदायलाई आह्वान गरिएको छ। एमालेले विभिन्न जातजातिका समुदाय, विशेष सांस्कृतिक भेषभूषा, बाजागाजा सांस्कृतिक झाँकीसहित हुने छ।

े १५ जेठ भनेको नेपाली जनता सार्वभौम भएको दिन हो। यो दिनको महत्व जनतालाई दर्शाउँदै सरकारले उत्सवका रूपमा मनाउनुपर्छ,’ एमाले महासचिव पोखरेलले  बुधबार पत्रकार सम्मेलनमा भन्नुभयो ,‘यो दिनको महत्व जनतालाई दर्शाउँदै सरकारले उत्सवका रूपमा मनाउनुपर्छ। त्यसैले यो दिन बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था बदल्नु उपयुक्त हुन्छ। अन्य राजनीतिक दलहरूसँग पनि सहमति जुटाएर संविधान संशोधन गरी बजेट ल्याउने मिति फेर्न एमाले तयार छ।’

एमालेले गणतन्त्र दिवसका दिन उत्सव गर्न बुधबार पार्टी कार्यालय च्यासलमा स्वयंसेवकहरूलाई प्रशिक्षण दिएको थियो।