अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

बजेट प्रस्तुत गर्नुअघि मन्त्रिपरिषद् बैठक

बजेट प्रस्तुत गर्नुअघि मन्त्रिपरिषद् बैठक


काठमाडौं-आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्नुअघि आज (जेठ १५) दिउँसो मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो २ बजे सिंहदरबारस्थित मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाएको उहाँको सचिवालयले जानकारी दिएको छ।

आजै दिउँसो ३ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा दुवै सदनको संयुक्त बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्ने कार्यक्रम छ।