अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमालेको ‘गणतन्त्र उत्सव’ र्‍याली निकाल्ने तयारी हुँदै

एमालेको ‘गणतन्त्र उत्सव’ र्‍याली निकाल्ने तयारी हुँदै


काठमाडौँ-गणतन्त्र स्थापना भएको १८ वर्ष भएको अवसरमा पहिलोपटक नेकपा एमालेले गणतन्त्रलाई उत्सवका रुपमा मनाउन र्‍याली निकाल्ने तयारी गरिरहेको छ।

गणतन्त्र उत्सव र्‍याली पद्यमकम्या क्याम्पस, बागबजार अगाडिबाट, अनामनगरसहित विभिन्न स्थानबाट आ-आफ्नो भेषभूषा,सांस्कृतिक झाकी र्‍यालीसहित प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा भेला भएर पुग्नेछ। भृकुटीमण्डपवबाट वृहत र्‍याली रत्नपार्कमा पुगेर सम्बोधन सहित समापन हुने कार्यक्रम रहको छ।

‘गणतन्त्र उत्सवका र्‍यालीका लागि भेला भइरहेका छौ, गणतन्त्र स्थापना दिवसका अवसरमा पहिलो पतक उत्सवका रुपमा मनाउन लागिएको हो’– नेकपा एमालेका प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले भन्नुभयो, ‘११ बजेदेखि र्‍याली सुरु भएर भृकुटीमण्डवमा भेला हुन्छौ, वृहत र्‍यालीसहित रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर गणतन्त्र सम्बोधन हुनेछ।’

एमालले गणतन्त्रका पक्षहरु शक्तिहरुलाई पनि गणतन्त्र उत्सवमा सहमागि हुने अपिल गरेको थियो। गणतन्त्र उत्सवको र्‍यालीमा नारा गणतन्त्रको पक्षमा नारा लगाउँदै र्‍याली गर्ने गरिनेछ। नाराहरु ‘गणतन्त्र जिन्दबाद’, ‘गणतन्त्रको रक्षा गरौँ, ‘संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दबाद’, ‘नेकपा एमाले जिन्दबाद’ भन्ने नारा लगाउँदै र्‍यालीमा प्रस्तुत हुने तय गरिएको नेकपा एमालेका प्रचार तथा प्रकाशन विभागका प्रमुख गौतमले जानकारी दिनुभयो।