अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

गणतन्त्र ले सबैलाई बोल्न पाउने अधिकार दिलायो: नगर प्रमुख मोहनमाया ढकाल

गणतन्त्र ले सबैलाई बोल्न पाउने अधिकार दिलायो: नगर प्रमुख मोहनमाया ढकाल


काठमाडौं-वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकाल (भण्डारी)ले गणतन्त्रले नै जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाएको बताउनु भएको छ।

बिहीबार गणतन्त्र दिवसको अवसरमा सामाजिक सञ्जाल फेसबुक मार्फत् शुभकामना सन्देश दिँदै नगर प्रमुख ढकाल यस्तो बताउनु भएको हो।

‘जनताको जनबलबाट स्थापित गणतन्त्र हो, जसले जनतालाई सार्वभौमसत्ता सम्पन्न बनायो,’ नगर प्रमुख ढकाल भन्नुहुन्छ, ‘सबैलाई बोल्न पाउने अधिकार दिलायो, गणतन्त्र जसले लिङ्गका आधारमा, जातीयताका आधारमा हुने विभेदको संवैधानिक रुपमै अन्त्य गरेर समावेशीता लागू गर्यो ।’

अब देशले हामीलाई के दियो हैन हामीले देशलाई के दिन सक्छौं भनेर सबैले आजको दिनमा समिक्षा गर्नुपर्ने नगर प्रमुख ढकालको भनाइ छ।