अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

गणतन्त्र दिवसमा एमालेको सांस्कृतिक झाँकीसहितको र्‍याली

गणतन्त्र दिवसमा एमालेको सांस्कृतिक झाँकीसहितको र्‍याली


काठमाडौं-नेकपा (एमाले)ले गणतन्त्र दिवसको अवसरमा काठमाडौंका विभिन्न ठाउँबाट सांस्कृतिक झाँकीसहितको र्‍याली निकालेको छ। गणतन्त्र दिवसलाई जनताको खुशी र गौरवको दिनको रूपमा उत्सवको रूपमा मनाउने निर्णयअनुसार एमालेले देशभर प्रदर्शन गरेको हो।

र्‍याली पद्मकन्या क्याम्पस, बागबजार, सुन्धारा, टेकु र त्रिपुरेश्वर, अनामनगर लगायतका स्थानबाट झाँकीसहित कार्यक्रमस्थल भृकुटीमण्डतर्फ निस्किएका हुन् ।

बिहीबार एमालेले आयोजना गरेको र्‍याल कार्यक्रमस्थल भृकुटीमण्डप पुगिरहेको छ। र्‍याली भृकुटीमण्डपमा पुगेर कोणसभा परिणत हुने छ।

प्रदर्शनको क्रममा गणतन्त्र जिन्दावाद, गणतन्त्रको रक्षा गरौँ, संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दवादजस्ता नारा लगाइएको छ।

एमालेको र्‍यालीमा महासचिव शंकर पोखरेल, सचिव पद्मा अर्याल, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, जनसङ्गठन समन्वय प्रमुख भानुभक्त ढकाललगायत नेता सहभागी हुनुहुन्छ ।