अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

युवा लक्षित रोजगारी सिर्जना गर्न उच्च प्राथमिकता

युवा लक्षित रोजगारी सिर्जना गर्न उच्च प्राथमिकता


काठमाडौं-उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैदेशिक रोजगारीमा रहेका सीपयुक्त नेपालीलाई स्वदेशमै उद्यमशील र स्वरोजगार बन्न आकर्षित गर्ने बताउनु भएको छ। आर्थिक वर्ष २०८२/८३ को बजेट भाषणका क्रममा उहाँले यस्तो बताउनुभएको हो।

अर्थमन्त्री पौडेलले नवप्रवर्तन र उद्यमशिता प्रवद्र्धन गरी युवा लक्षित रोजगारी सिर्जना गर्न उच्च प्राथमिकता दिइने बताउनु भयो। सबै प्रकारका निराशा चिरेर आम जनतामा आशा जगाउन सरकार दृढ संकपिल्पत रहेको बताउनु भयो। प्रस्तुत बजेट अर्थतन्त्रको विस्तार र आर्थिक अवसर सिर्जना गर्ने मुख्य ध्येयका साथ तर्जुमा गरिएको बताउनु भयो।