अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वृद्ध भत्ताको लागि १ खर्ब ९ अर्ब रुपैयाँ विनियोजन, उमेर ७० वर्ष कायम

वृद्ध भत्ताको लागि १ खर्ब ९ अर्ब रुपैयाँ विनियोजन, उमेर ७० वर्ष कायम


काठमाडौं-सरकारले वृद्धभत्ताको लागि १ खर्ब ९ अर्ब रुपैयाँ विनियोजन गरेको छ। सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को  बजेट भाषण गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सबै क्षेत्रमा सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने घोषणा गरेको हो। 

नियमित आय आर्जन गर्ने व्यक्तिलाई सामाजिक सुरक्षाका कार्यक्रम लागू गरिने भएको छ। सबै सामाजिक सुरक्षामा आबद्ध हुन क्रमशः राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने अर्थमन्त्री पौडेलले बताउनु भयो । उहाँले जेष्ठ नागरिकलाई घुम्ती टोली बनाएर राष्ट्रिय परिचयपत्र प्रदान गरिने पनि बताउनु भयो।

सामाजिक सुरक्षाका नाममा दोहोरो सुविधा नदिइने अर्थमन्त्री पौडेलले बताउनु भयो। उहाँले वृद्ध भत्ताको उमेर बढाउने घोषणा भने उहाँले उल्लेख गर्नु भएन ।

जेष्ठ नागरिकलाई घुम्ती टोली बनाएर राष्ट्रिय परिचय पत्र प्रदान गर्ने बताउँदै बृद्ध भत्ताको उमेर ७० वर्ष कायम गरिएको अर्थमन्त्री पौडेलले बताउनु भयो ।