काठमाडौं-सरकारले मदिरा, सुर्ती, वियर र चुरोटमा कर बढाएको छ। आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कुरा बताउनु भएको हो।
हाल नेपालमा चुरोटमा एमएमको आधारमा कर लगाउने गरेको छ। हाल ८५ एमएमभन्दा माथिको ४८ सय, ७५ देखि ८५ एमएमसम्ममा ३६ सय, ७० देखि ७५ एमएमसम्म २९ सय ७०, फिल्टर ७० एमएमसम्म २३ सय ४० रुपैयाँ कर लाग्ने गरेको छ।
७० एमएमसम्मको प्लेनमा १३ सय ५५ रुपैयाँ लाग्दै आएको छ। अब यसमा थप कर लाग्ने भएको हो।
प्रतिक्रिया