काठमाडौं – पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत चोरमारा, दुम्किबास र दाउन्नेमा निर्माण गरिएका वैकल्पिक सडक बाढीले बगाएपछि यातायात आवागमन ठप्प भएको छ । जिल्ला प्रहरी प्रमुख यादव ढकालका अनुसार बिहीबार रातिको वर्षाले महेन्द्र राजमार्ग अन्तर्गत पर्ने चोरमारा, दुम्किबास र दाउन्ने सडकको डाइभर्सन बगाएका कारण यातायात ठप्प छ । ती स्थानमा वैकल्पिक सडक निर्माणको काम शुक्रबार बिहानबाट सुरु भएको ढकालले बताउनुभयो ।
बर्दघाट बजारबाट–५ किलोमिटर पूर्वतर्फ खुर्सानी खोलामा ५ दिन अघि निर्माण गरिएको वैकल्पिक सडक बाढीले बगाएका कारण राजमार्गको यातायात ठप्प भएको हो । त्यहाँ बाढीले तरकारी बोकेको पिकअप भ्यान पनि बगाएको छ ।
प्रहरीका अनुसार बिहान सवा २ बजेबाट राजमार्गको यातायात ठप्प छ । स्थानीयबासी,सडक कार्यलय र सुरक्षाकर्मीको सहयोगमा राजमार्ग खुलाउने प्रयास जारी छ ।
प्रतिक्रिया