अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

संघीय संसद्का चार समितिको बैठक बस्दै

संघीय संसद्का चार समितिको बैठक बस्दै


काठमाडौँ-संसद् अन्तर्गत आज चार वटा संसदीय समितिको बैठक बस्दैछ। पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति, सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, संसदीय सुनुवाइ समिति (संयुक्त)को बैठक बस्न लागेको हो। 

पूर्वाधार विकास समितिको बैठक बिहान ११:०० बजे बस्ने छ। बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधनसहित दफावार छलफल हुने छ।

यस्तै, दिउँसो १:०० बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ। बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी(पहिलो संशोधन) विधेयक, २०७९ माथि दफावार छलफल हुने छ।

यस्तैगरी,संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा शान्ति प्रक्रिया, संक्रमणकालीन न्यायका सम्बन्धमा हालसम्म भएका काम कारबाही र सो सम्बन्धमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको भावी कार्य योजनामा छलफल हुनेछ । बैठक बिहान ११ बजे बस्नेछ। 

संसदीय सुनुवाइ समिति (संयुक्त)को बैठकमा अनुगमन कार्यक्रम सम्बन्धमा छलफल हुनेछ । बैठक बिहान ११ बजे बस्ने कार्यतालिका छ।