अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

नारायणी नदीमा फसेका २२ जनाको सशस्त्र प्रहरीले गर्‍याे उद्धार

नारायणी नदीमा फसेका २२ जनाको सशस्त्र प्रहरीले गर्‍याे उद्धार


चितवन-चितवनको भरतपुर महानगरपालिका-१६ शिवघाटस्थित नारायणी नदीको बीच भागमा फसेका २२ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। नारायणी नदीमा बाँध बाँधेर गिट्टी बालुवा निकाल्ने क्रममा बाँध फुटेर नदीको बीच भागको टापुमा फसेकाहरुलाई सकुशल उद्धार गरिएको हो ।

२२ जना कामदार नदीको बीच भागमा फसेकोजानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर १७ गण चितवनबाट सशस्त्र प्रहरी निरीक्षक चामनारायण महतोको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले उनीहरुलाई बोटको सहायताले उद्धार गरेको हो। 

सो टोलीले उनीहरुलाई बोटको सहायताले उद्धार गरेको हो । गिट्टी बालुवा बोक्न प्रयोग गरिएको एउटा टिपर भने नदीको बाँध फुटेको ठाउँमा डुबेको छ ।