अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सभामुख घिमिरे र दलका मुख्य सचेतकबीच छलफल

सभामुख घिमिरे र दलका मुख्य सचेतकबीच छलफल


काठमाडौं-सभामुख देवराज घिमिरे र राजनीतिक दलका मुख्य सचेतक र सचेतकहरुसँग छलफल सुरु भएको छ।

सदनको अवरोध हटाउने र बजेटमाथिको छलफलको समय निर्धारण गर्ने विषयमा सभामुख घिमिरेले दलका सचेचकहरुसँग छलफल गर्नुभएको हो।

सो बैठकपछि प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने सभामुखको सचिवालयले जनाएको छ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी लगायतका प्रतिपक्षी दलले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका छन्। यद्यपि, उनीहरूले गृहमन्त्रीको राजीनामा र छानबिन आयोग गठन नभएसम्म बजेट पेस गर्न दिए पनि अन्य काम–कारबाहीका लागि सदन चल्न नदिने बताउँदै आएका छन् ।