अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

बजेट यथार्थपरक छ, पूँजीगत खर्च बढाइएको छः अर्थमन्त्री पौडेल

बजेट यथार्थपरक छ, पूँजीगत खर्च बढाइएको छः अर्थमन्त्री पौडेल


काठमाडौं-उपप्रधान तथा अर्थमन्त्री विष्णु पाैडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयन हुनेमा शंका नगर्न आग्रह गर्नुभएको छ।

बिहीबार ल्याएको बजेटबारे शुक्रबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताउनु भएको हो।

अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘यो बजेट आम्दानी र खर्चको यथार्थपरक रहेको छ। आम्दानी र खर्च दुवैको प्रश्नमा यो बजेट यथार्थपरक छ।’

आगामी आवमा पुँजीगत खर्च बढाइएकाे अर्थमन्त्री पौडेलले जानकारी दिनुनभयो। त्यसैगरी राजस्व लक्ष्यकाे १७ प्रतिशत निर्धारण गरिएकाेले जसरी पनि लक्ष्य हासिल गरिने उहाँको दाबी छ। 

‘आन्तरिक ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ५.३ प्रतिशत उठाउने गरी लक्ष्य राखिएकाे छ’, अर्थमन्त्री पौडेलले भन्नुभयो,  ‘विकास आयाेजनामा वैकल्पिक वित्तबाट गर्ने प्रतिबद्धता गरिएकाे छ। स्वदेशी र विदेशी लगानीबाट पूर्वाधार निर्माण गरिनछ।’ 

बिहीबार अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएका थिए।

बजेट चालूतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड, पुँजीगत तर्फ ४ खर्ब ७ अर्ब ८९ करोड र वित्तीय तर्फ ३ खर्ब ७५ अर्ब २४ करोड विनियोजन गरिएको छ।