काठमाडौँ-सरकारले आइतबार काठमाडौंका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ। रातो मछिन्द्रनाथको भोटो देखाउने जात्राका दिन आइतबार काठमाडौं उपत्यकाका तीन जिल्लाहरुमा सार्वजनिक बिदा दिएको हो।
गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले शुक्रबार विज्ञप्ति जारी गर्नु हुँदै मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभयो।
मत्स्येन्द्रनाथको भोटो देखाउन जात्राका दिन बिदा दिनेबारेको सूचना २०८१ फागुन १५ गतेको राजपत्रमा सूचना प्रकाशित भइसकेको विज्ञप्तिमा उल्लेख छ।
ललितपुरमा एक महिना लामो चल्ने रातो मछिन्द्रनाथकाको रथ यात्रा अन्तर्गत आइतबार अन्तिम दिन भोटो देखाइने भएको छ ।

प्रतिक्रिया