अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदका आगामी बैठक सहज ढङ्गले सञ्चालन हुन्छन्: महेश बर्तौला

संसदका आगामी बैठक सहज ढङ्गले सञ्चालन हुन्छन्: महेश बर्तौला


काठमाडौं-नेकपा (एमाले)ले संसदका आगामी बैठकहरू सहज ढङ्गले सञ्चालन हुने विश्वास लिएको छ। शुक्रबार सभामुख देवराज घिमिरेको नेतृत्वमा सिंहदरबारका बसेको मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग छलफलपछि पत्रकारसँग कुरा गर्नुहुँदै एमालेका प्रमुख सचेतक महेश बर्तौलाले यस्तो बताउनु भएको हो।

प्रमुख सचेतक बर्तौलाले संसद सुरु हुन अझै चार दिन बाँकी रहेको बताउँदै यो बिचमा विपक्षी दलहरूले छलफल गरेर संसद बैठकलाई सहज ढङ्गले लैजाने वातावरण बनाउने विषयमा विश्वास गर्न सकिने जानकारी दिनुभयो।

प्रमुख सचेतक बर्तौला कर्मचारीको विषयलाई लिएर संसदीय गतिविधिहरू अवरोध गर्ने विषयले गलत सन्देश जाने विषय प्रतिपक्षीले बुझ्ने भरोसा लिएको बताउनुभयो। उहाँले यस्ता गतिविधिहरूले राजनीतिक नजिरहरू बस्न सक्ने बताउँदै चार दिनको बिचको समयमा विपक्षीहरूले समीक्षा गर्ने जिकिर गर्नुभयो।

प्रतिपक्षी दलहरूले भने भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा, सरकारको जवाफ र छानविन समिति नबनेसम्म आफूहरूको आन्दोलन जारी रहने र संसद चल्न नदिने बताउँदै आएका छन् ।