अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रधानमन्त्री ओली आज जनकपुर जानुहुँदै : मधेसका ६४ वटै प्रादेशिक निर्वाचन क्षेत्रमा सडक सिलान्यास गर्नुहुने

प्रधानमन्त्री ओली आज जनकपुर जानुहुँदै : मधेसका ६४ वटै प्रादेशिक निर्वाचन क्षेत्रमा सडक सिलान्यास गर्नुहुने


जनकपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले आज मधेश प्रदेशको राजधानी जनकपुरधामबाट एकैपटक ६४ वटा सडक शिलान्यास गर्ने हुनु भएको छ ।

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आयोजना गरिने कार्यक्रममा प्रधानमन्त्री ओलीले डिजिटल माध्यमबाट मधेसका ६४ वटै प्रादेशिक निर्वाचन क्षेत्रमा पाँच पाँच किलोमिटरका पक्की सडक शिलान्यास गर्ने तयारी गरिएको छ। कार्यक्रमका लागि प्रधानमन्त्री ओली दिउसो १ बजे जनकपुर पुग्ने कार्यक्रम छ । भौतिक पूर्वाधार मन्त्री सरोज यादवका अनुसार कुल ३२० किलोमिटर लम्बाइका सडक निर्माणका लागि तीन आर्थिक वर्षमा सम्पन्न हुने गरी बहुवर्षीय खरिद गुरुयोजना स्वीकृत भइसकेको छ।
साढे ५ मिटर चौडाइका ती सडक निर्माणमा कुल लागत १२ अर्ब ७० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
विश्व बैंकको सहयोगमा सञ्चालित प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत हाल १९८ किलोमिटर कालोपत्रे सडक निर्माण, ३२६ किलोमिटर बृहत मर्मत र १००० किलोमिटर नियमित मर्मत सम्भारको योजना समेत अघि बढाइएको छ।

‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमको दोस्रो चरणअन्तर्गतको यो योजना सांसदहरूको सिफारिस र सर्वदलीय सहमतिको आधारमा अघि बढाइएको एमाले केन्द्रीय सदस्य कुन्दन कुशवाहाले जनाएका छन्। यो कार्यक्रम प्रदेशको समग्र सडक सञ्जाल विकासमा महत्वपूर्ण मानिएको छ।