अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

राजतन्त्र माग्नेहरू देख्दा दया लागेर आउँछ: प्रधानमन्त्री ओली

राजतन्त्र माग्नेहरू देख्दा दया लागेर आउँछ: प्रधानमन्त्री ओली


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र माग्नेहरूको चेतना देख्दा दया लागेर आएको टिप्पणी गर्नुभएको छ।

सोमबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गर्नुभएको हो।

प्रधानमन्त्री ओलीले नागरिक सर्वोच्चता छाडेर एउटा परिवारले सधैँ शासन गर्न पाउनुपर्छ भन्नेहरूको मानसिक दरिद्रता देख्दा पनि विचित्र लागेको बताउनुभयो।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कस्तो मानसिक दरिद्रता ? हिजोआज स्कुल क्याम्पस गएका, विश्वका समाचार सुनेका, ठूलाठूला देशहरू निर्वाचित जनप्रतिनिधिले चलाएका देखेकै छन् त ? दुनियाँबाट राजतन्त्रको औचित्यको न वैज्ञानिकता छ, न न्यायिकता छ । केही छैन ।’