काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले अवरुद्ध रहेको संसद् सञ्चालन गर्नका लागि आफूले प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कुरा गर्न खोजे पनि सम्पर्क हुन नसकेको बताउनु भएको छ।
सोमबार बसेको एमाले संसदीय दलको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओली यस्तो बताउनु भएको हो।
प्रधानमन्त्री ओलीले धेरैतिरबाट खोजी गर्दा पनि प्रचण्ड फेला नपरेको बताउनु भयो।
‘संसद चलाऊ भनेर मैले प्रचण्डजीसँग पनि कुरा गर्न खोजेँ, हामी लिडरहरुको बिचमा छलफल पनि गरौ भनेर । उहाँ सम्पर्कमा आउन चाहिरनुभएको छैन’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘उहाँलाई थाहा नभएको होइन । उहाँलाई धेरैतिरबाट खोजी गर्दा पनि फेला पर्नुभएको छैन।’
प्रधानमन्त्री ओलीले गृहमन्त्रीको राजीनामा माग्ने बिषयलाई नचाहिने भन्दै त्यस्ता कुराले संसद अवरुद्ध गर्न नहुनेमा पनि जोड दिनुभयो।ओलीले भन्नुभयो, ‘म भन्न चाहान्छु– यस्ता नचाहिने कुरामा संसद् रोकेर, देश विकासको गतिलाई अवरुद्ध गर्ने खालका काम जनप्रतिनिधिलाई असफल बनाउने काम निरर्थक ढंगले। अहिले केही नपाएर गृहमन्त्रीको राजीनामा। केही तथ्य, केही प्रमाणले गृहमन्त्रीलाई छुनुपर्यो।’
प्रतिक्रिया