अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दलभन्दा माथि जनता हुन्छन्: प्रधानमन्त्री ओली

दलभन्दा माथि जनता हुन्छन्: प्रधानमन्त्री ओली


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलहरु भन्दा माथि जनता हुने बताउनु भएको छ। सोमबार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो।

प्रधानमन्त्री ओलीले जनता नै सम्पूर्ण शक्तिको स्रोत हुने बताउनु भयो।

‘दलभन्दा माथि जनता हुन्छन्। सम्पूर्ण शक्तिका स्रोत जनता हुन्’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अराजकता र असन्तुष्टवादीहरुले श्रीलंका वा बंगलादेश बनाउँछु भन्न खोजे पनि आखिर ती मुलुकमा लोकतन्त्रमा फर्केर मात्रै निकास आउने कुरा बुझ्नुपर्छ।’