अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सिंहदरबारमा प्रधानमन्त्री ओली, देउवा र प्रचण्डबीच छलफल जारी

सिंहदरबारमा प्रधानमन्त्री ओली, देउवा र प्रचण्डबीच छलफल जारी


 काठमाडौं-सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल जारी छ।

प्रतिनिधिसभा अवरोध भएको विषयमा प्रधानमन्त्री ओलीको आह्वानमा सोमबार अपराह्न सिंहदरबार प्रधानमन्त्री एवं मन्त्रिपरिषदको कार्यालयमा प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल जारी रहेको छ।

उक्त छलफलमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, राष्ट्रिय सभा सदस्य कृष्णबहादुर सिटौला, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका नेताहरू देव गुरूङ, हितराज पाण्डे र महिन्द्र राय यादव सहभागी हुनुहुन्छ। 

भिजिट भिसा प्रकरणमा माओवादीसहित प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै सदन अवरोध गर्दै आएका छन्। यस विषयमा छलफल गर्न शीर्ष नेताहरू बैठक बसेका हुन्।