अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज देशका केही भागमा बदली र केही भागमा आंशिक वर्षा हुने

आज देशका केही भागमा बदली र केही भागमा आंशिक वर्षा हुने


काठमाडौं- आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।
जल तथा मौसम विज्ञानन विभागका अनुसार कोसी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक(दुई स्थानमा हल्का वर्षा हिमपातको सम्भावना छ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोसी प्रदेशका थोरै स्थान तथा मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश प्रदेश लगायत बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका ‍एक(दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना छ।