काठमाडौं-प्रतिनिधि सभाको अवरोध हटाउन सभामुख देवराज घिमिरेले गृहकार्य जारी राखेका छन्। भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म सदन चल्न नदिने विपक्षी दलको अडान छ।
सभामुख घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरुसँग छुटाछुटै छलफल गर्नुभएको छ। मंगलबार बिहान विपक्षी नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल सकेर सत्तारुढ दल एमाले र नेपाली कांग्रेसका प्रमुख सचेतकसँग छलफल थालेको सभामुखको सचिवालयले जनाएको छ।
११ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएपनि दलहरू आन्तरिक छलफलमा जुटेकाले बैठक बस्न ढिलाइ भइरहेको छ । विपक्षी मोर्चाको बैठक पनि बानेश्वरमा बसेको छ ।
प्रतिक्रिया