काठमाडौँ-प्रतिनिधि सभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ। प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक बस्दै नबसी बुधबार सम्मका लागि स्थगित भएको हो।
प्रतिनिधिसभाको आजको बैठक बिहान ११ बजे बस्ने तालिका थियो। दलहरूबीच छलफल जारी भएपछि संसद् सचिवालयले दिउँसो २ बजेसम्मका लागि सारेको थियो। तर २ बजे पनि बैठक बस्न नसकेपछि भोलि दिउँसो १ बजेसम्मका लागि सारिएको संसद् सचिवालयले जनाएको छ।
विपक्षी दलहरू नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी पार्टीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएको आरोप लगाउँदै राजीनामा माग्दै सदन अवरोध जारी राखेका छन्।
प्रतिक्रिया