काठमाडौं-धानमन्त्री केपी शर्मा ओलीले मानवताभन्दा ठूलो अर्को कुनै जात नहुने बताउनु भएको छ।
जातीय छुवाछूत उन्मूलन दिवसको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले जात, थर, वा जन्मले नभएर कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउन आश्यक रहेको बताउनु भएको छ। प्रधानमन्त्री ओलीले आमाले ‘जात’ नभई ‘नवजात मानव’ जन्माउने र समाजले मात्रै पछि जात र थरको प्रश्न उठाउने बताउनु भएको हो।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै भन्नुभएको छ, ‘आमाले जात जन्माउँदिनन्, नवजात मानव जन्माउँछिन्। नवजात शिशु हिँड्न थालेपछि समाजले जात र थर सोध्न थाल्यो। मानवता भन्दा माथि कुनै जात छैन। रगत सबैको एउटै रङको हुन्छ, आँसु सबैको उस्तै वेदनाले बग्छ। हामीले जात, थर, वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छ। समभाव र समानताको विकास गरौं, जातीय छुवाछूत उन्मूलन दिवसको सबैलाई शुभकामना।’
प्रतिक्रिया