अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या छैन: सभापति देउवा

वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या छैन: सभापति देउवा


काठमाडौं-नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या नरहेको बताउनु भएको छ।

बिहीबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले कांग्रेस र एमालेको गठबन्धन राम्रोसँग चलिरहेको र कुनै समस्या नरहेको बताउनु भएको हो।

सभापति देउवाले सत्ता गठबन्धन ८४ सम्म निरन्तर चल्ने उल्लेख गनुभयो । त्यस्तै सभापति देउवाले गृहमन्त्रीले राजीनामा दिनुपर्ने कुनै कारण नभएको भन्दै संसदको गतिरोध अन्त्यका लागि प्रयास भइरहेको बताउनु भयो। उहाँले राजावादीहरुको आन्दोलन तुहिसकेको समेत जिकिर गनुभयो ।